NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ पोहेलागा चतुर्दशी - २९

परिचय

तथ्याङ्क ऐन २०७९ तथा नियमावली २०८१ मा भएको व्यवस्था बमोजिम राष्ट्रिय तथ्यांक कार्यालयको कार्य सम्पादनमा सघाउ पुर्याउने उद्देश्यले ७७ वटा जिल्लाहरूको कार्य हेर्ने गरी १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरूको गठन गरिएको छ।जसमध्ये तथ्याङ्क समन्वय कार्यालय कैलालीको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कञ्चनपुर र कैलाली गरी ६ जिल्ला कार्यक्षेत्र रहेको छ । तथ्याङ्क ऐन, २०७९ तथा तथ्याङ्क नियमावली २०८० बमोजिम तथ्याङ्क सङ्कलन, संग्रह, प्रकाशन र विश्लेषण गर्ने समेतको प्रयोजनमा राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चालन गरिने गणना, सर्वेक्षण तथा सूचकहरूको निर्माणको लागि प्राप्त निर्देशन कार्यान्वयन गर्न नेपाल सरकारबाट राष्ट्रिय तथ्यांक कार्यालयको मातहतमा तथ्याङ्क समन्वय कार्यालयको लागि विभिन्न दरबन्दी स्वीकृत गरिएको हो।तथ्याङ्क समन्वय कार्यालयको कार्यालय प्रमुखमा रा.प.द्धितीय श्रेणीको तथ्याङ्क समन्वय अधिकारी (उप सचिव)को दरबन्दी रहेको छ।कार्यालयको कार्यवोझ हेरी तथ्याङ्क सम्बन्धी प्रयोजनका लागि अन्य राजपत्रांकित, राजपत्र अनंकित प्राविधिक र प्रशासनिक कर्मचारीको दरबन्दीको व्यवस्था गरिएको छ ।